फागनु २१,२०७९ आइतबार
तुलसीपुर । दाङमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । आइतबार बेलुका तुलसीपुर– ३ दमारगाउँको गुम्बा नजिकै खुकुरी प्रहार हुँदा सोही ठाउँका १८ वर्षीय दिपेश कौसल घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका कौसलको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीमाथि तुलसीपुर –९ चुलेसी निवासी २१ वर्षका नवराज भुषाल र सोही ठाउँका गोविन्द भन्ने २ जनाले सडकमा हिडिरहेका कौसललाई टाउकोमा खुकुरी प्रहार गरेर भागेको पारिवारिक स्रोतले जनाएको छ।घटनाको विषयमा छानविन भइरहेको प्रहरीले जनाएको छ ।