जनता समाजवादी पार्टी बाँकेले क्षेत्र न.२ मा आफ्नो चुनावी प्रचारप्रसार सुरु गरेको छ ।
जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र न.२ का प्रतिनिधि सभाका उम्मेदवार मोहोम्मद ईस्तियाक राई चुनावी प्रचारप्रसार क्रममा जनताको घर दैलोमा व्यस्त रहेका छन् ।
घरदैलोको क्रममा उम्मेदवार राईले आफुले गरेको बिकासको आधारमा भोट दिन मतदाताहरु लाई आग्रह गरेका छन् ।
जात धर्म को आधारमा विभेद फैलाउने भन्दा पनि बाँकेको शिक्षा स्वास्थ्य सभा हाल भैतिक पूर्वाधार बिकासको मुल्यांकन गरी भोट हाल्न सचेत गर्नुभएको छ ।
राई भन्छन : हामी बिकासको पक्षधर हौँ,हामि देश र जनताको आवस्यकता र चाहना लाई मध्येनजर गरि जनताको सरल र सहज जीवनयापन र जनताको समृद्दीको निम्ति सधै भरि चौकीदार भई अगाडी बधिरह्नेछु ।