१९ जेठ २०८० शुक्रबार
बाँके – अत्यधिक गर्मीका कारण नेपालगञ्जका विद्यालय बन्द हुने भएका छन्।नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार सूचना जारी गरी अत्यधि गर्मीका कारण पठनपाठनमा असहजता भएपछि तीन दिनसम्म सबै विद्यालय बन्द गर्ने भएको हो ।
वर्षे बिदाबाट कट्टी हुने गरी जेठ २२ गतेदेखि तीन दिनसम्म विद्यालय बन्द हुनेछन् ।बाँकेमा केही दिन यता अत्यधि गर्मीका कारण जनजिवन प्रभावित भएको छ ।
