३० जेठ २०८० मगंलबार
दाङ— राप्ती गाउँपालिकाले विद्यालयमा दिएको गर्मी विदा थप गरेको छ ।गर्मी घट्नुको साटो झन्झन् बढ्ेपछि पालिकाले विद्यालयमा विदा थप तीन दिन विदा दिएको हो ।।गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै जेठ ३१ गतेदेखि असार १ गतेसम्म सेवाक्षेत्र भित्रका विद्यालयमा तीन दिन विदा थप गरेको जनाएको छ ।
अझै गर्मी कम नभएकोले बालबालिकाको स्वस्थ्यमा समस्या देखिन थालेपछि विदा थप गर्नु परेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
शिक्षक तथा सरोकारवालहरुको प्राप्त सुझावका आधारमा विद्यालयमा थप तीन दिन विदा दिइएको गाउँपालिकाले जनाएको छ ।अत्यधिक गर्मीका कारण बालबालिका कक्षाकोठामा बस्नै नसक्ने पठनपाठनमा कठिनाई उत्पन्न भएकाले विदा दिइएको हो ।