२४ जेठ २०८० बुधबार
प्यूठान— प्युठानको झिमरुक गाउँपालिकामा कार्यरत एक कर्मचारी माथि कुटपिट भएको छ ।
उक्त गाउँपालिका अध्यक्ष पीतबहादुर महतराका छोरा मिलन महतरा सहितका ३ जनाले योजना शाखाका सहायक कर्मचारी दीपक जिसीलाई कुटपिट गरेका हुन ।झिमरुक गाउँपालिका ३ को मोटरबाटो योजनाको भुक्तानीका विषयमा विवाद भएपछि उपभोक्ता समितिका अध्यक्षले जिसीमाथि कुटपिट गरेको बताइएको छ ।
झिमरुक ३ को पिपल रुख हुँदै पधेराखाल जोड्ने मोटर बाटो मर्मत योजनाको १ लाख ३० हजार रुपैयाँ भुक्तानी लिन आएका उपभोक्ता समितका अध्यक्ष रामबहादुर खड्काले जिसीमाथि हातपात गरी कुटपिट गरेका हुन ।बाटो मर्मत योजनाको बिलभरपाईको प्रक्रिया नपुगेकोले भुक्तानी गर्न नमिल्ने भनेपछि हातपात गरेको बुझिएको छ ।
शाखामा हातपात भएपछि जोगिन आएका योजना शाखाका जिसीलाई सोधपुछ आफूलाई समेत आक्रमणको प्रयास भएको अधिकृत रिजालले बताए ।प्रत्यक्षदर्शीका अनुसार महतराले मदिरा सेवन गरी भुक्तानी लिन आएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख शुवास खड्काले बताए ।घटनाबारे पुष्टि गर्दै गाउँपालिका अध्यक्ष पीत बहादुर महतराले अहिले आफू बाहिर रहेकाले यस विषयमा थप जानकारी गराउने बताए ।