२०८१ असार १६ गते आइतबार
दाङमा गुडिरहेको अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको खैरा –कोठरी सडकखण्डको घोराही ९ अस्पारामा गुडिरहेको अटोबाट खस्दा घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरका ६० वर्षका बसन्तबहादुर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।
खैराबाट कोठरी जाँदै गरेको रा १ ह ५०८८ नम्बरको अटोबाट खसेर घाइते घर्तीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।