३० फागुन २०७९ मंगलबार
दाङ – गुडिरहेको ट्याक्टरबाट खसेर दाङको देउखरीमा एक जनाको मृत्यु भएको छ ।
ज्यान जानेमा बाँके फुलटेक्रा निवासी वर्ष २० का करण कुर्मी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए ।
मंगलबार बेलुका लमही नगरपालिकाको रिहारबाट सतबरिया तर्फ जाँदै गरेको रा ७ त २२८६ नम्बरको ट्याक्टरबाट खसेर गम्भिर घाइते भएका कुर्मीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई भने वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।