२६ पुष २०८० बिहीबार
काठमाडौं : बलात्कार पीडित गौशाला-२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरो खोजतलास गर्न थालेको छ। सामाजिक सञ्जालमा गौशाला-२६ भन्दै तस्बिर सार्वजनिक गर्नेहरूलाई साइबर ब्युरोले खोजी गरेको हो।
पीडितले ब्युरोमा उजुरी दिएपछि तस्बिर हाल्नेहरूको खोजीकार्य सुरू गरेको व्युरोका प्रवक्ता एसपी पशुपति रायले बताए। ‘ब्युरोमा पीडितले उजुरी दिनुभएको छ। तस्बिर हाल्नेहरूको खोजीकार्य गर्दैछौं,’ एसपी रायले भने।
गौशाला-२६ को जाहेरीमा क्रिकेटर सन्दीप लामिछानाई काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको छ। लामिछानेलाई जेल सजाय भएपछि सामाजिक सञ्जालमा गौशाला-२६ भन्दै तस्बिर सार्वजनिक भइरहेको छ। रास्वपाले तस्बिर सार्वजनिक गर्ने आफ्ना कार्यकर्तालाई निलम्बसमेत गरेको छ।