अरुण कुमार नेपाली
२०८१ जेठ ३० बुधबार
दाङ—केही दिनदेखि बढेको अनपेक्षित तापक्रमले जनजीवन प्रभावित बनेको छ ।बढ्दो तापक्रमसंगै चल्ने तातो ‘लु’का कारण जनजीवन निकै कष्टकर बनेको छ ।मौसमविदहरुका अनुसार तराईका जिल्लाहरुमा अझै केही दिनसम्म तातो लहर चल्नेछ ।जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कतिपय स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सिअस वा सोभन्दा बढी मापन गरिएको जनाएको छ।
मौसममा परिवर्तन नुहँदा त्यसको प्रत्यक्ष मारमा श्रमिक र बालबालिका परेका छन ।मुलतः अत्यधिक गर्मिका कारण स्कुले बालबालिका झनै प्रभावित बनेका छन ।तापक्रममा वृद्धि भएसंगै स्कुले बालबालिकाहरुमा पढ्दा पढ्दै बेहोस हुने,चक्कर लाग्ने,नाकबाट रगत बग्ने जस्ता समस्याहरु देखा पर्न थालेका छन ।खासगरी विद्यालय भवन वातावरण मैत्री नहुँदा मौसममा हुने परिवर्तनले बालबालबालिकाहरुमा यस्ता समस्याहरु देखा पर्ने जानकारहरु बताउछन ।
गर्मीले विद्यार्थीहरु बेहोस
यसैबीच अत्यधिक गर्मीका कारण तुलसीपुरको एक विद्यालयमा बुधबार एकैदिन १० जना विद्यार्थी बेहोस भएका छन। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित अमर मा वि उरहरी, दाङमा १० जना जति बेहोस भएका हुन । पटक पटक गरि विद्यार्थी बेहोस भएको विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले जनाकारी दिए । कक्षा६ ८ र ९ का विद्यार्थीमा यो समस्या देखिएको उनले बताए । यस्तै,जनता संस्कृत मा वि बिजौरीका विद्यार्थीमा पनि यो समस्या देखिएको विद्यालयले जनाएको छ ।
पालिकाले दिए विदा
यसैबीच अत्यधिक गर्मीले पठनपाठनमा असहज भएपछि जिल्लाका अधिकांश पालिकाहरुले २ दिनका लागि विद्यालय बन्द गरेका छन ।गर्मीका कारण बालबालिकाहरुको स्वाथ्यमा असर देखिन थालेपछि जेठ ३१ र ३२ गते पालिकाहरुले विद्यालयको पठनपाठन बन्द गरेका हुन । तुलसीपुर उपमहानगरपालिका र घोराही नगरपालिकाले बुधबार सूचना जारी गर्दै २ दिनका लागि विद्यालय बन्द गरेको जनाएका छन ।त्यस्तै बबई र शान्तिनगर गाउँपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिएका छन । बिदाको समयअवधिसम्म पनि मौसममा कुनै परिवर्तन नआए बिदा लम्बिन सक्ने ती पालिकाहरुले संकेत गरेका छन।