२८ पुष २०७९, बिहीबार
काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबार पार्टी प्रवेश कार्यक्रम राखेको छ ।
सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो ।एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लडेका थिए। तर, उहाँ पराजित भएका हुनुभएकाे थियाे ।