२०८१ असार १९ बुधबार
दाङ—खादै गरेको चना घाँटीमा अड्किएर दाङमा तीन वर्षे बालकको मृत्यु भएको छ। जिल्लाको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको चना खाने क्रममा घाँटीमा अड्किएर मृत्यु भएको हो ।
विद्यालयबाट घर आएपछि पकाएको चना खाने क्रममा घाँटीमा अड्किएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। त्यसपछि उनलाई उपचारका लागि तुलसीपुरस्थित सिटी अस्पताल पुर्याइएको थियो।’
अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थापाले बताए।