१० असार २०८०, आईतवार
दाङ– घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषी र रोजगारलाई प्राथमिक्तामा राखेर आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ । उप–प्रमुख हुमा कुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेट मध्ये चालु तर्फ १ अर्ब २८ करोड ३ लाख रुपैयाँ अर्थात ५९ दशमलव ४० प्रतिशत र पुजिगत तर्फ ८७ करोड ५१ लख ८३ हजार अर्थात ४० दशमलव ६० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागी आन्तरिक आयबाट ३६ करोड, संघिय वित्तिय समानिकरण अनुदानबाट ३१ करोड १४ लाख, संघिय राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख, प्रदेश समानिकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८३ लाख, प्रदेश ससर्त अनुदानबाट २ करोड ७८ लाख, प्रदेश समपुरक अनुदानबाट ३२ करोड बेहोरिने छ ।
चालु आर्थिक वर्षकै ३६ करोड रुपैयाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकास तर्फ ५२ करोड ४८ लाख, सरसफाई वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ ।