२० असार २०८०, बुधबार
झापा :- चट्याङ लागेर झापाको गौरीगञ्जमा एक बालकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका – ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३ वर्षीय छोरा विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान स्थानीय मोहम्मद आसामुदिन मियाको खेतमा बीउ उखेल्न गएको बेला उनीहरूमाथि चट्याङ परेको थियो ।
घाइते हुनेहरूमा सोही ठाउँका मजेबुल आलमको १६ वर्षीय छोरा मनिजुर आलम र छिमेकी मुलुक भारत फूलबारी घर भई हाल सोही ठाउँ बस्दै आएका २० वर्षीय शिकन्दर आलम रहेका छन् ।
उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।