शुक्रबार माघ २५,२०८१
बर्दिया।चितुवाको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ।चितुवाको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ७ की ५१ वर्षीया जुनाकुमारी लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए।
लामिछानेलाई घर नजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान चितुवाले आक्रमण गरेको हो।स्थानीय बासिन्दाले होहल्ला गरेपछि चितुवा भागेको थियो।