फागुन २,२०८१ शुक्रबार
दाङ।चित्रकलाको उपाधि गोरखा मोडल स्कूललाई फागुन २,२०८१ शुक्रबार दाङ।लमही नगरपालिका स्तरीय चित्रकला प्रतियोगिताको उपाधि गोर्खा मोडल स्कुल लमहीले हात पारेको छ।
बिहीबार पीस एजुकेशन दाङले आयोजना गरेको चित्रकला प्रतियोगितामा पालिकामा रहेका चौध वटा विद्यालयले भाग लिएका थिए।ती सबै सहभागित विद्यालयलाई उछिन्दै गोर्खा मोडल स्कुलका छात्र उज्वल चौधरी प्रथम भएका हुन ।
प्रतियोगितामा देऊखुरी पब्लिक स्कुलका छात्र कृतन चौधरी दोस्रो भए भने आदर्श माध्यमिक विद्यालयका छात्रा गंगा चौधरी तेस्रो हुन सफल भएकी हुन ।


