माघ १५,२०८१ मंगलबार
नेपालगंज।बाँकेका एक यूवा व्यवसायीले नेपाल प्रहरीलाई हिटर प्रदान गरेका छन।नेपालगञ्ज उपमहानगरपालिका वडा नं.४ निवासी रोषण प्रधानले मंगलबार प्रहरीलाई ५ वटा हिटर प्रदान गरेका हुन ।प्रधानले एघार हजारको मूल्यको हिटर उपलब्ध गराएको बताए।
मूलतःनेपालगञ्ज शहरको मुख्य चोकमा शान्ती सुरक्षाका लागि स्थापना गरिएका प्रहरी बिटमा बस्ने सुरक्षाकर्मीलाई हिटर प्रदान गरिएको प्रधानले जानकारी दिए।जनताको शान्ती सुरक्षामा अहोरात्र खटिने प्रहरीलाई चिसोबाट जोगाउन आफूले सानो सहयोग स्वरुप हिटर प्रदान गरेको उनले बताए।
‘आजभोली शीतलहर निकै चलेको छ’,प्रधानले भने,‘चिसोको कारणले सुरक्षा बिटमा सुरक्षा प्रदान गर्नका लागि खटिएका प्रहरी साथीहरु चिसोबाट प्रभावित भएको देखेपछि मैले सानो सहयोग वापत हिटर सहयोग गरेको हुँ।’
प्रधानले नेपालगञ्जको धमबोजी चोक,विरेन्द्र चोक,सेतु बि.क.(ज्ञानेन्द्र)चोक,विपी चोक,पुष्पलाल चोकमा रहेका प्रहरी बिटमा शान्ति सुरक्षाका लागि खटिने सुरक्षाकर्मीलाई हिटर उपलब्ध गराएका हुन।उनले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग गर्दै जाने समेत बताए।