३० श्रावण २०८०, मंगलवार
काठमाण्डौ। सरकारले रोकिएको कित्ताकाट खुला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली स्वीकृत गरेको र यसबाट जग्गाको कित्ताकाट खुला भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । नियमावली पारित भएसँगै रोकिएको कित्ताकाट, नामसारी लगायत सबै काम खुला भएको उनले जानकारी दिए।
‘जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी अहिलेसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ’, उनले भने ।जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ ।