९ बैशाख २०८०, शनिबार
झापा । जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गएको छ।
बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका ७० वर्षीय भीमबहादुर भट्टराईको हात्तीले आक्रमण गर्दा ज्यान गएको हो ।
शनिवार बिहान भट्टराईलाई हात्तीले कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको थियो ।
जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन् ।