
काठमाडौं । काठमाडौंबाट जनकपुर जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् ।
जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको माइक्रोबस विहीबार साँझ सिन्धुलीको सुनकोशी गाउँपालिका-६ कानढुंग्रे भन्ने ठाँउमा दुर्घटना हुँदा धनुषा जनकपुर उपमहानगरपालिका- १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका निर्मलको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनाका १२ जना घाइतेमध्ये ६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र ६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।