फागुन ०७,२०८१ बुधबार
दाङ।तुलसीपुर १३ रनियाँपुरमा रहेको जनज्योति माध्यमिक विद्यालयले आफ्नो ६७ औं बार्षिकोत्सव मनाएको छ।बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले बार्षिकोत्सव मनाएको हो।
सामारोहमा बोल्ने अधिकांश वक्ताहरुले स्थानीय सरकार,अभिभावक र शिक्षकको त्रिपक्षीय प्रयासले मात्रै सार्वजनिक शिक्षा सुधार गर्न सकिने बताए।कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोहन पौडेलले स्थानीय सरकारको एकल प्रयासले मात्रै सार्वजनिक शिक्षा सुधार हुन नसक्ने बताउँदै सम्बन्धित सबै सरोकारवाल पक्ष गम्भीर भएर लाग्नु पर्नेमा जोड दिए।
कार्यक्रमका विशिष्ट अतिथी विद्यालयका भूमिदाता एंव भीमनन्दा अक्षयकोषदाता बिमल रिजालले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्नेमा जोड दिए।उनले सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा कुनै एक पक्षको मात्रै कमजोरी सम्बन्धित सबै पक्ष उत्तिकै जिम्मेवार रहेको बताए।
कार्यक्रममा भीम पार्वती अक्षयकोषदाता जागेश्वर वली,शुसीलादेवी पौडेल अक्षयकोषदाता दिनेश कुमार पौडेल,नेपाली कांग्रेस तुलसीपुर वडा नं.१३ कमिटीका प्रतिनिधी गणेश कुमार खड्का,नेकपा एमालेका वडा कमिटी अध्यक्ष देवबहादुर बि.क.,नेकपा माओबादी केन्द्रका वडाकमिटी सचिव गिरीराज वली,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षद्धोय ताराबहादुर कार्की,बुद्धिराम वली,रतननाथ बाल प्राथमिक विद्यालय तुलसीपुर २ का प्रधानाध्यापक प्रेमा गिरी,न्यू मीनीभ्याली इङलिस बोर्डिङ स्कुलका शिक्षक काशिराम खड्का र प्रगतिशिल टोल विकास संस्थाका अध्यक्ष डम्बर बहादुर खड्का लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए।
उक्त अवसरमा शैक्षिक सत्र २०८० को एसइइ परीक्षमा उत्कृष्ट अंक ल्याउने छात्र पूर्णबहादुर नेपाली,सुसन नेपाली,भेष्मा खड्का छात्राहरु पुजा कुमारी सापकोटा र अन्जु केसीलाई भीमपार्वती अक्षयकोषबाट पुरस्कृत गरिएको थियो भने कक्षा ९ मा उत्कृष्ट हुने छात्र पुजन सापकोटा र मीना कुमारी हमललाई भीमनन्दा अक्षयकोष र कक्षा ८ मा उत्कृष्ट हुने छात्र सुसन नेपाली छात्रा बिमला हमाललाई शुसिलादेवी पौडेल अक्षय कोषबाट पुरस्कृत गरिएको थियो।
समारोहमा विद्यालयका प्रधानाध्यापक हेमन्त बहादुर बुढाथोकीले विद्यालयको समग्र प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका थिए भने लेखापाल अरुण कुमार नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सो अवसरमा वार्षिकोत्सवलाई लक्षित सञ्चालन गरिएको खेलकुद प्रतियोगितामा विजयी हुने छात्र/छात्राहरुलाई प्रमाण पत्र सहित मेडल प्रदान गरिएको थिया।त्यस्तै अभिभावकका लागि आयोजना गरिएको घैंटा फोर प्रतियोगितामा प्रथम हुने सुरेश कुमार बस्नेतलाई नगद र प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
उत्कृष्ट अभिभावकको रुपमा पुष्पा कुमारी सापकोटालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलमति परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक कर्णबिर खत्रीले स्वागत मनतव्य राख्नु भएको थियो भने सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक मधु नेपालीले गरेका थिए।