फागुन ७,२०७९ आइतबार
दाङ— दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित जनज्योति मा.वि.ले आफ्नो स्थापनाको ६५ औं बार्षिकोत्व मनाएको छ । विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
फागुन ४ र ५ गते बिद्यालयले स्थापना दिवसको अवसरमा विभिन्न खेलकुदका कार्यक्रम गरेको थियो । वि.स. २०१४ फागुन ७ गते विद्यालयको स्थापना भएको थियो । तुलसीपुर उपमहानगरपालिका १३ नं.वडाका वडाध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बार्षिकोत्सव समापन समारोह कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले सार्वजनिक शिक्षाको सुधार अहिलको अपरिहार्य आवश्यकता भएको बताए । उनले सार्वजनिक शिक्षाको सुधार बिना अरु क्षेत्रको विकास हुन नसक्ने बताए ।
सार्वजनिक शिक्षाको सुधारका निमित्त सम्बन्धित सबै निकाय जिम्मेवार हुनु पर्ने उनको भनाई थियो । स्थानिय सरकारको पहलमा मात्रै शैक्षिक क्षेत्रको कायापलट गर्न नसकिने भन्दै उनले सबैको हातेमालो र सहकार्य मार्फत शिक्षा क्षेत्रलाई समायानुकुल बनाउन सकिने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि हेमन्त रिजाल,दिनेश कुमार पौडेल र जागेश्वर वलीले विद्यालयको भौतिक विकास र शैक्षिक गुणस्तर अभिवृद्धिका लागी स्थानीय सरकारले ध्यान दिनु पर्ने बताए । उनिहरुले ग्रामिण भेगमा रहेका सामुदायिक विद्यालयको अवस्था अझै पनि नाजुक रहेको बताउदै ती भेगका सामुदायिक विद्यालयको सुधारको जिम्मा स्थानीय सरकारको काँधमा आएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलमति परियारको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडा सदस्यहरु खिमकान्त पाण्डे,बिमला कुमारी शर्मा,नेपाली कांग्रेसका तुलसीपुर १३ नं. वडा कमिटी सदस्य गणेश कुमार खड्का,नेकपा एमालेका प्रतिनिधि देब बहादुर बि.क.नेकपा माओबादी केन्द्रका बल बहादुर खत्री,नेकपा एकिकृत समाजवादीका मदन केसी.,पूर्व वि.व्य.स अध्यक्षहरु तारा बहादुर कार्की,देबेन्द्र रिजाल,हुम बहादुर नेपाली,बुद्धिराम वली लगायतले शुभकामना मनतव्य दिएका थिए।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हेमन्त बहादुर बुढाथोकीले विद्यालयको समग्र विषयमा तयार पारिएको प्रतिवदेन प्रस्तुत गरेका थिए ।
साथै उक्त अवसरमा विद्यालयले सञ्चालन गरेको खेलकुद कार्यक्रममा विभिन्न स्थान प्राप्त गर्ने छात्र÷छात्राहरुलाई पुरस्कार र प्रमाण पत्र समेत वितरण गरिएको थियो । शैक्षिक सत्र २०७८ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र÷छात्राहरुलाई पुरस्कार एंव अक्षयकोष छात्रवृत्ति समेत वितरण गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक गणेश कुमार बस्नेतको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रममा वि.व्य.स.सदस्य चिरञ्जीवी वलीले धन्यावाद मनतव्य राखेका थिए भने सहजिकरण शिक्षक मधु नेपालीले गरेका थिए ।