माघ २६,२०८१ शनिबार
दाङ।नेकपा एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य एवम् दाङ जिल्ला इञ्चार्ज नरुलाल चौधरीले जनतालाई सार्वभौम बनाउन सहिद उमेश चन्द्र थापाको योगदान अतुलनीय रहेको बताएका छन।
नेकपा एमाले दाङ ३ नं. क्षेत्रिय समन्वय कमिटीको बैठक तथा लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेश चन्द्र थापाको १९ औं स्मृति दिवसका अवसरमा तुलसीपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै चौधरीले दोश्रो जन आन्दोलनका प्रथम सहिद उमेश चन्द्र थापाका कारण नै यो देशमा गणतन्त्र स्थापना भएको दाबी गरे।समन्वय कमिटिका संयोजक मेघराज भुसालको अध्यक्षता एवम् पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियो।
सो अवसरमा केन्द्रिय सदस्य एवम् क्षेत्रिय इञ्चार्ज कोमल वलिले नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम् सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनसभामा सहभागीताका लागि यस क्षेत्रका जनता उत्साहित रहेको बताउए।बैठकमा बोल्दै जिल्ला अध्यक्ष शिव कुमार आचार्यले नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवम् सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली दाङ आउनु भनेको यहाँका जनताका लागि अवसर र उपलब्धिका रुपमा लिनुपर्नेमा जोड दिए।त्यसैगरी उपाध्यक्ष मनोहर बुढाथोकीले नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्तालाई फागुन ५ मा केन्द्रित भएर लाग्न आग्रह गरे।
वैठकमा केन्द्रिय सल्लाहकार सदस्य ढुण्डिराज लामिछाने,स्थानिय विभागका सदस्य विकिरण गौतम,प्रदेश कमिटि सदस्य रामजी चौधरी,कृष्ण प्रसाद भुसाल,सिमा न्यौपाने,जिल्ला सचिव स्याम डाँगी,तुलसीपुर उपमहानगरपालीकाका उपप्रमुख स्यानि चौधरी लगाएतका नेताहरुको सहभागीता रहेको थियो।उपसंयोजक एमएन शाहको स्वागत मन्तब्यबाट सुरु भएको वैठकको सहजीकरण सचिव टेक बहादुर केसीले गरेका थिए।