प्रदीप गुप्ता
२० श्रावण २०८० शनिबार
नेपालगन्जः—जनसांस्कृतिक महासंघ नेपाल बाँकेको जिल्ला अध्यक्षमा गणेशा कार्की चयन भएकी छन्।शनिबार सम्पन्न महासंघको प्रथम सम्मेलनबाट कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो।
कमिटीको उपाध्यक्षमा दुर्गा बहादुर भण्डारी, तारा कुमारी रोकाय, सचिव पदमा दीपेन्द्र के.सी., सहसचिवमा सीमा घर्ती, कोषाध्यक्षमा चरित्रा शाह, सदस्यहरुमा हरेन्द्र बि.क., विष्णु कनोजिया, टंक बोहरा, रमिता बुढाथोकी, सुनिल बटाला, दिपेन्द्र आचार्य, अमर शाही, उपेन्द्र आचार्य, भरत बहादुर थापा सर्वसम्मत रुपमा चयन भएका छन।
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) बाँकेका जिल्ला संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले जनयुद्धदेखि नेपालको हरेक आन्दोलन र अहिलेको व्यवस्था प्राप्ति र उपलब्धिमा सांस्कृतिक मोर्चाले महत्वपूर्ण भूमिका खेलेको बताए ।उनलेले साँस्कृतिक आन्दोलनको एउटा छुट्टै विरासत बोकेको बाँके जिल्ला भएकाले यस क्षेत्रमा महासंघले जनयुद्धको सौन्दर्यशास्त्र, उपलब्धीलाई सिर्जनाका माध्यमबाट विकास गर्नुपर्ने बताए ।कार्यक्रममा कलाकार तथा स्रष्टाहरूले गीत तथा कविताहरू प्रस्तुत गरेका थिए ।