फागुन ६,२०७९ शनिबार
दाङ-तुलसीपुर -१३ को रनियापुरमा रहेको जन्ती ओलाप्पिएको स्थानमा शनिबार एक दिने महाशिवरात्रि मेला लागेको छ ।
जन्ती ढुंगाको संरक्षण र प्रवर्द्धन गर्न महाशिवरात्रिको दिन मेला लागेको हो । झाक्री ढुंगा सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा मेला सञ्चालन गरिएको हो। पछिल्लो समय आन्तरिक पर्यटकको सहभागिता बढ्न थालेपछि जन्ती ढुंगाको संरक्षण मा यहाँका नागरिक र स्वयम वन समुह संरक्षण अभियान मा जुटेका हुन ।आज मात्रै करिब पाँच सय आन्तरिक पर्यटकले जन्ती ढुंगाको अवलोकन गरेका छन् ।मेलामा सांगीतिक कार्यक्रम समेत सञ्चालन गरिएको थिए ।सो अवसरमा विभिन्न स्थानबाट आएका आन्तरिक पर्यटकले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
यसैबिच मेलाको उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपनगरपालिका १३ नं.वडा अध्यक्ष मोहनलाल पौडेलले जन्ती ढुंगालाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न पर्यटन बोर्डमा दर्ता गरिएको बताए ।उनले पर्यटन बोर्डले अवलोकन पश्चात मूल्याङ्कन गरीसकेपछि जन्ती ढुंगाको संरक्षण र विकास गर्न आवश्यक पर्ने पुर्वाधार निर्माणको काम अघि बढाईने बताए ।
झाक्री ढुंगा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमारा खत्रीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सहजिकरण मधु नेपालीले गरेका थिए ।