६चैत२०७९ सोमबार
बैतडी — जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक पुरुष कारागार चलान भएका छन्। बैतडी मेलौलीका ५६ वर्षीय एक पुरुषलाई करणीको आरोपमा कारागार चलान गरिएको हो ।
जिल्ला अदालत बैतडीले ती पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।कारागार चलान गरिएका ती व्यक्तिको नाम भने गोप्य राखिएको छ । स्थानीय २४ वर्षीया फरक क्षमता भएकी एक महिलामाथि जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।पीडित र पीडक नातेदार रहेकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
गत फागुन १३ गते पीडित महिलाको घरमै जबरजस्ती करणी गरिरहेको परिवारका सदस्यले देखेपछि घटना बाहिरिएको हो। त्यसपछि पीडितका आफन्तले प्रहरीमा जबर्जस्ती करणीमा उजुरी दिएका थिए।
आरोपी पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान सकेपछि अदालतले चलान गर्न आदेश दिएको हो। पीडित महिला घरपरिवारकै संरक्षणमा रहेकी छन्।