८ असार २०८०, शुक्रबार
जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।
शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ हवल्दार पार्वती शाहले जानकारी दिइन्।
नगरपालिकाको १ र ११ को सिमानामा पर्ने छेडा खोलामा बिहीबार अपराह्न ४ः३० बजे माछा मार्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।