१७ असार २०८० आइतबार
दाङ । दलित भनेर जातीय बिभेद गर्ने घोराहीका घरबेटीमाथि मुद्धा दायर भएको छ ।
तल्लो जातको भन्दै आफ्नो घरको कोठाबाट निकाल्ने घोराही १७ का ताराप्रसाद पोख्रेल उपर जातिय भेदभाव तथा छुवाछूत कसुर अन्तर्गत मुद्दा दायर भएको हो ।
पिडित अंगराज परियार र महेन्द्र विश्वकर्माले घरबेटी पोख्रेल उपर आइतबार जिल्ला प्रहरी कार्यालय दाङमा मुद्धा दायर गरेका हुन् । घटना भए लगत्तै पिडितहरुले दिएको उजुरीका आधारमा प्रहरीले शनिबार पोख्रेललाई उनको घरबाटै पक्राउ गरेको थियो ।
मुद्धा दर्ता भएपछि अदालतबाट म्याद थपका लागि पठाईएको डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।ताराप्रसादले कोठा भाडामा बस्दै आएका अदानचुली गाउँपालिका–३ हुम्लाका २३ वर्षीय अंगराज परियार, पञ्चदेवल नगरपालिका–७ अछामका २३ वर्षकै महेन्द्र बिक र उनकी पत्नी २३ वर्षीया शान्ति विकलाई घर छाड्न दबाव दिदै दुव्र्यवहार गरेका थिए ।