१२ जेष्ठ २०८०, शुक्रबार
दाङ — दाङमा हिजो जिपको ठक्करबाट एक शिक्षिकाको मृत्यु भएपछि पिडीत पक्षले आज बिहानै देखी हापुरे तुलसीपुर सडकखण्ड अवरुद्ध पारेका छन । मृतकका आफन्तीहरुले उचित क्षेतीपुर्तीको माग गर्दै तुलसीपुरको पुलचोकमा सडक अवरुद्ध बनाएका हुन ।
जसले गर्दा उक्त सडकखण्डमा स्कुल बसदेखी अन्य सम्पुर्ण सवारीसाधन समेत आवागमन ठप्प भएको छ ।हिजो बिहिबार अध्यापनका लागि शान्तिनगर गाउँपालिका–७ मा रहेको माध्यामिक विद्यालय तुलसीपुरमा जाँदै गरेकी शिक्षीका सवार रा७प ४२३७ नम्बरको स्कुटीलाई दंगीशरण–५ कुमालगडीमा रा१ज ९२३ नम्बरको जिपले बिहान पौने १० बजे ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भिर घाइते भएकी तुलसीपुर उपमहानगरापलिका– ९ बेलुवा निवासी ३७ वर्षकी सिता लम्सालको थप उपचारका लागी नेपालगञ्ज लैजादै गर्दा बाटोमै ज्यान गएको थियो ।