११ जेठ २०८० बिहीबार
दाङ — दाङमा जीपको ठक्करबाट स्कुटरमा सवार एक महिला शिक्षकको ज्यान गएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवाकी ३७ बर्षिय सीता लम्साल विद्यालय पढाउन जाँदै गर्दा जीपले उनी सवार स्कुटरलाई ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।लम्सालले मावि तुलसीपुर धनौरी शान्तिनगरमा अध्यापन गराउदै आइरहेकी थिइन् ।
बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगिशरण गाउँपालिका— ५ कमलगढीमा ठक्कर दिएको हो ।