८ चैत २०७९ बुधबार
झापा— :पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ।
कमल–५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो।पूर्वतर्फ गइरहेको मे १ ज १९४२ नम्बरको जिपले बाटो पार गर्दै गरेका राईलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
जिप चालक इलाम नगरपालिका–२ का ३२ वर्षीय पेम्बा तामाङलाई बुधबार बिहान प्रहरीले विर्तामोडस्थित बसपार्कबाट पक्राउ गरेको छ।