४ असार २०८०, सोमबार
झापा । झापामा हायस गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षीका मानबहादुर (मदन) बेघाको रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार बिहान पूर्वबाट पश्चिमतर्फ तीव्र गतिमा गइरहेको वा ३ ख ८६३७ नम्बरको हायसको ठक्करबाट स्कुटर चालक ४५ वर्षिय बेघाको घटनास्थलमै मृत्यु भएको हो ।
बेघा प्रदेश ३–२८ प ६३४४ नम्बरको स्कुटरमा पूर्वतर्फ जाँदै थिए । बिहान ६.३० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ८६३७ नं को हायसले विपरित दिशाबाट आउँदै मधेस प्रदेश –०३–०२८ प ६३४४ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि हायस र हायस चालकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।