चैत २,२०८१ शनिबार
दाङ ।दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा सल्यान छत्रेश्वरी गाउँपालिका २ घर भई तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर टोलमा आफन्तिको घरमा बस्दै आएकी ९ वर्षकी दीपशिखा ओली रहेको प्रहरीले जनाएको छ।
दिपसिखालाई बाटो काट्ने क्रममा ट्याक्टरले ठक्कर दिदा टाउको र मुखमा चोट लागेको थियो।उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिए ।बालिकाको शब घटना स्थलमै रहेको प्रहरी प्रवक्ता रानाले बताए। तुलसीपुर उपमहानगरपालिका–९ गौरीशंकर गौरीशंकर टोल देखी अटो भिलेज तर्फ जाँदै गरेको रा १ त ३२३९ नंम्बरको खाली ट्याक्टले पैदल यात्री दीपशिखालाई ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्टर इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रवक्ता रानाले बताए ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।