१८ पौष २०८१ बिहिबार
तुलसीपुर।दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–५ निवासी ७० बर्षीय टेक बहादुर गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।तुलसीपुरको बिरेन्द्र चोकबाट बसपार्कतर्फ जादै गरेको लु १ ख ६८९३ नम्बरको ट्रकले विपि चोक नजिकै पैदल हिडिरहेका गिरीलाई आज बिहान पौने १० बजे ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।
घाइते गिरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज नर्सिङ होम रिफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए।ठक्कर दिने ट्रक र चालक घोराही उपमहानगरपालिका–१४ का ४५ बर्षीय प्रेम बहादुर सुनारलाई नियन्ञणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।