१४ कात्तिक २०८०, मंगलबार
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । तर पट्रोल, हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ।
निगमले मंगलबार विज्ञप्ति जारी गर्दै भोलि (बुधबार) राति १२ बजेर १ मिनेटदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ । यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ थियो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घटाएको थियो ।