
डुडुवा गाउँपालिकाले नागरिक र पशु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेको छ।
चालू आर्थिक वर्ष ०८०/८१ को पुस मसान्तसम्म गाउँपालिकाले ४२ हजार ४६ जनालाई स्वास्थ्य सेवा कार्ड वितरण गरेको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो।
उहाँले घर–घर स्वास्थ्य कार्यक्रमअन्तर्गत ६ वटै वडाका नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण र स्वास्थ्य कार्ड वितरण गरिएको जानकारी दिनुभयो।
पालिकाका चार हजार सात सय २५ जनाको रगत, दिसा, मलेरिया, खकार, एचआइभी लगायतको जाँच गरिएको जानकारी दिनुभयो।
बेतहनी स्वास्थ्य प्रयोगशालामा एक हजार ६ सय २१, हिरमिनियामा दुई हजार तीन सय ७८ र कम्दीमा सात सय २६ जनालाई प्रयोगशाला जाँच सेवा दिइएको छ,अध्यक्ष चौधरीले बतउनुभयो।
गाउँपालिकाले ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रममार्फत सबै वडाका पाँच सय ३४ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण, प्रयोगशाला (मलेरिया, मघुमेह) सेवा प्रदान गरेको छ।
चालू आवमा गाउँपालिकाबाट सञ्चालित बर्थिङ सेन्टरबाट चार सय ६४ जना गर्भवती महिलाले प्रसूति सेवा लिएका छन्। गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकीबाट २५ हजार पाँच सय १२ जनाले बहिरंग (ओपिडी) सेवा लिएको पालिकाले जनाएको छ।
कामलाई प्रभावकारी र पारदर्शी बनाउन पालिकाले सबै वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालयमा इन्टरनेटसहित इन्टरकम तथा सिसिटिभी क्यामरा जडान गरी डिजिटल प्रणालीमार्फत कार्य सम्पदानको निगरानी भइरहेको छ।
डुडुवाले कृषिलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। कृषितर्फ पाँच सय ४७ जना कृषकलाई कीटनाशक तथा ढुसीनाशक विषादी वितरण गरेको जनाएको छ।
पालिकामा ११ वटा व्यावसायिक कृषकको कृषक समूह दर्ता भएको जनाउँदै अध्यक्ष चौधरीले शीतभण्डारण गृह (कोल्डस्टोर) निर्माणको काम ५५ प्रतिशत सकिएको र चालू आवमा सम्पन्न गर्ने लक्ष लिएको जानकारी दिनुभयो।
घर–घर पशु स्वास्थ्य कार्यक्रमअन्तर्गत पशुपालक कृषकको घरमा पुगेर २४ हजार तीन सय ५० वटा पशुपन्छीको निःशुल्क उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए। ‘सात सय २१ गाई र भैँसीमा उन्नत जातको कृत्रिम गर्भाधान गर्दा चार सय ३३ पशुमा गर्भाधान सफल भएको छ, उहाँले बताउनुभयो।
त्यसैगरी, पालिकाले सात सय ५३ वटा पशु (गोरु र बोका) को बन्ध्याकरण सेवा प्रदान गरेको छ भने गाउँपालिकाको पशु सेवा स्वास्थ्य शाखाबाट सञ्चालित पशु प्रयोगशालाबाट नौ सय ९१ जना कृषकको गोबर परीक्षण गरी उपचार सेवासमेत दिएको छ। पालिकाभित्र रहेका ८८ पशुलाई रेबिजविरुद्ध खोप सेवा प्रदान गरिएको छ,’ अध्यक्ष चौधरीले भन्नुभयो।
नेपालमा पशु रोग महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग लागेका एक हजार चार सय २३ पशुको निःशुल्क उपचार गरी निको बनाएको बताउँदै उनले नेपालमा पशु रोग महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग लागेका एक हजार आठ सय पशुलाई रोगविरुद्धको खोप दिइएको छ।
‘आन्तरिक र बाह्य परजीवी नियन्त्रण कार्यक्रमअन्तर्गत घर–घरमा गई पाँच हजार आठ सय ७८ घरधुरी किसानलाई सेवा प्रदान गरिएको छ, उहाँले बताउनुभयो