११ बैशाख २०८०, सोमबार
काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर अझै बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार वाग्लेले ९१९८ मत प्राप्त गरेका छन् ।
त्यस्तैगरी काँग्रेसका गोविन्द भट्टराईले ३८०६ र एमालेका सर्वेन्द्र खनालले २४६० मत प्राप्त गरेका छन् ।
आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना गएराति देखि नै सुरु भएको हो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।