अरुणकुमार नेपाली
२३ जेठ २०८० मंगलबार
दाङ—तलब बृद्धिको माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्की र सामाजिक विकास मन्त्री चन्द्रकेश गप्तालाई मन्त्रालयमै पुगेर तलब बृद्धिको माग गदै कर्मचारीहरुले ज्ञापनपत्र बुझाएको हुन ।अहिले प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारीमा जुटेको छ ।
बजेट आउनु पूर्व विद्यालय कर्मचारीहरुले आफूहरुको तलब बृद्धि गर्न माग गरेका छन् ।गत जेठ १५ गते संघीय सरकारले ल्याएको बजेटमा विद्यालय कर्मचारीका सेवा सुविधा सम्बोधन नभएपछि विद्यालय कर्मचारीहरु निराश भएका छन् ।फलतःउनीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । ‘केही समयपछि प्रदेश सरकारको बजेट आउदै छ,विद्यालय कर्मचारीको सेवा सुविधा सम्बोधन गर्ने जिम्मा प्रदेश सरकारको पनि हो,त्यही अनुरुप हाम्रा माग राखी ज्ञापनपत्र बुझाएका छौ,नेपाल विद्यालय कर्मचारी परिषद लुम्बिनीका अध्यक्ष गोबिन्द जिसीले भने ।”
विद्यालय कर्मचारीका सेवा सुविधा सम्बोधन गर्ने विषयमा प्रदेश सरकार सकारात्मक भएको बताउदै अध्यक्ष जिसीले माग पूरा हुनेमा आफूहरु आशावादी रहेको बताए ।
ज्ञापनपत्र बुझदै लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्की र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विद्यालय कर्मचारीका माग जायेज भएकाले सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।