९ श्रावण २०८०, मंगलवार
बुटवल:- रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान बिहान ६:१५ बजे सार्वजनिक गररेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ । बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहनुहन आग्रह गरिएको छ ।
यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।