२६ पौष २०८० बिहीबार
दाङ।तुलसीपुरका ट्याक्टर व्यवसायी आन्दोलित भएका छन । नदिजन्य पदार्थको उत्खननको विषयलाई लिएर आन्दोलनमा उत्रिएका व्यवसायीहरुले बिहीबार तुलसीपुर उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका छन् ।नदिजन्य पदार्थ उत्खननमा उपमहानगरपालिकाका जनप्रतिनिधिले मनोमानी ढंगले काम गरेको तथा आफूहरुलाई अनावश्यक दुख दिएको भन्दै व्यवसायिहरुले उपमहानगरपालिकाको गेटमा तालाबन्दी गरेका हुन् ।
जनप्रतिनिधिले खुलेआम टेक्टर व्यवसायीसंग कमिसन माग्ने गरेको उनीहरुले आरोप समेत लगाएका छन । नीतिगत रुपमै रसिद काटेर व्यवसाय गर्दा पनि उपमहानगरपालिकाले अनाहकमा दुख दिएपछि गेटमै तालाबन्दी गर्नुपरेको उनीहरुले बताएका छन् ।
गेटमा तालाबन्दी भएपछि अहिले कर्मचारी भित्रै थुनिएका छन् । उनीहरुले अहिले पनि कार्यालय अघि बिरोध प्रदर्शन गरिरहेका छन् ।