३१ भदौ २०८० आइतबार
दाङः—तुलसीपुरको एयरपोर्ट नजिकै हाइसले अटोलाई ठक्कर दिदा घाइते भएका मध्य एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपहानगरपालिका –६ गोलौरा निवासी १३ वर्षका दामोदर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुर प्रसाद पोख्रेलले जानकारी दिए ।
भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा बिहान ११ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।डोक्रेनाबाट रक्षाचौर तर्फ जाँदै गरेको रा१ह ४४५९ को अटोलाई नेपालगञ्जबाट आउँदै गरेको लु २ ख ५९१८ नम्बरको हाइसले एयरपोर्ट नजिकै स्टारबोर्डिङ चोकमा बिहान करिब ९ बजे पछाडिबाट ठक्कर दिदा अटोमा सवार ६ जना घाइते भएका थिए ।