२२ भदौ २०८० बिहीबार
दाङ—हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ ले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले भदौ २७ गते तीज विशेष कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष मोहन पौडेलले जानकारी दिए।
तीज विशेष कार्यक्रम अन्तर्गत वडा भित्रका विवाहित महिलाहरुको नाच प्रतियोगिता समेत हुने वडाध्यक्ष पौडेलले बताए।प्रतियोगितामा विवाहित महिलाहरुले मात्र सहभागी हुन पाउने छन ।नाच प्रस्तुत गर्दा सहभागी महिलाहरुले अनिवार्य चोली र साडी लगाउनु पर्नेछ।यसका साथै तीज गीत बाहेक अन्य गीतमा नृत्य गर्न नपाईने वडाध्यक्ष पौडेलले जानकारी दिए ।
नाच प्रतियोगितामा वडा भित्रका प्रत्येक टोल विकास संस्थाले एक जना महिलालाई छनौट गरी प्रतिस्पर्धीको रुपमा पठाउनु पर्ने छ।टोल विकास संस्थाले प्रतिस्पर्धीको रुपमा पठाएका महिलाहरुको एकल नृत्य हुनेछ।जसका लागी प्रतियोगितामा सहभागी हुने महिलाहरुले भदौ २६ गतेसम्म वडा कार्यालयमा नाम दर्ता गरिसक्नु पर्ने छ।नाच प्रतियोगितामा प्रथम,द्वितीय र तृतिय हुनेलाई पुरस्कृत समेत गरिने वडाध्यक्ष पौडेलले जानकारी दिए।कार्यक्रममा सहभागी अन्य महिलाहरुले भने खुल्ला रुपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्नेछन।