१५ जेठ २०८० सोमबार
दाङ —सरकारले दाङको तुलसीपुर विमानस्थलको स्तरोन्ती गर्ने घोषणा गरेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विमानस्थलको विकासका लागी आवश्यक बजेको व्यवस्था गरिने बताए ।
उनले नेपालगंञ्ज र रुकुम चौहरजहारी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गरिने बताए ।