दाङ—तुलसीपुर —१३ मा जारी स्वर्गिय डम्बर बहादुर न्यौपाने स्मृती वडा कप फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनल र क्वाटर फाइनलका खेल भएका छन ।
सेमिफाइनल अन्तर्गत भएको खेलमा साविक फुलबारी गाविस वडा नं.९ र वडा नं.३(बी)समुह फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल अन्तर्गतको भएको खेलमा साविक वडा नं.९ को समुहले वडा नं.३समुह(बी) लाई शुन्यका बिरुद्ध ४ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
त्यस्तै वडा नं.१ र वडा नं.३ समुह(बी) बिच भएको खेलमा वडा नं.१ को समुहलाई शून्यका बिरुद्ध १ गोलले हराउदै वडा नं. ३समुह(बी)फाइनलमा प्रवेश गरेको हो ।
यसै बिच सेमिफाइनल खेल भन्दा अघि भएको ८ वटा समुहको क्वाटफाइनल खेलमा साविक वडा नं.१ र वडा नं.३ समुह(बी),वडा नं.६समुह (बी) र वडा नं.५ समुह (बी) विजयी भएका छन् ।यो जितसंगै उक्त समुहहरु सेमिफाइनलमा प्रवेश गरेका छन ।
क्वाटरफाइनल खेल अन्तर्गत साविक वडा नं.५समुह(ए) र वडा नं.१ को समुह बिच भएको खेलमा वडा नं.१ ले शून्यका बिरुद्ध २ गोलले वडा नं.५ समुहलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । त्यस्तै वडा नं.६समुह(ए)लाई वडा नं.३ समुह(बी)ले शून्यका बिरुद्ध २ गोलले पराजित गरेको छ । क्वाटरफाइनलकै अरु २ खेलमा वडा नं.६समुह(बी) ले वडा नं.४समुह(ए)ले एकका बिरुद्ध २ गोलले पराजित गरेको छ ।

त्यसैगरी साविक वडा नं.५समुह(बी) ले वडा नं.७ लाई शून्यका बिरुद्ध १ गोलले पराजित गरेको छ ।मंलगबार बाँकी सेमिफाइनल र फाइनलका खेल दुवै हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु ३० हजार,द्धितिय हुने टिमलाई नगद रु १५ हजार र तृतीय हुने टिमलाई नगद रु ५ हजारसंगै ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।