थारू महिला उत्थान केन्द्रले नमुना मतदान तथा मतदाता शिक्षा संचालन गरेको छ
मंगसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत पत्र बदर हुन् नदिनको लागि ग्रामिण क्षेत्रका लक्षित समुदायका नागरिक लाई मतदान र निर्वाचनको महत्त्व बुझाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको छ लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका स्थानीय स्वयमसेवक सहजकर्ता लाई परिचालन गरी सो क्षेत्रको मधेशी,मुस्लिम,थारु तथा सिमान्तकृत वर्गका मतदाताहरु लाई शिक्षित गरिरहेको र सो बाट १३ हजार नागरिक लाभान्वित हुने थारु महिला उत्थान केन्द्रको कार्यकारी निर्देशक प्रिज्मा थारुले बताउनुभयो
वहाँका अनुसार हरेक मतदाताको मतपत्र सदर होस् र निर्वाचनमा सहित तरिकाले मतपत्रमा छाप लगाउन हामीले प्रेरित् र शिक्षित गरिरहेको जोड दिनुभयो
मतदाता शिक्षा कार्यक्रम कात्तिक २८ गते सम्म संचालन गरिनेछ