१९ जेठ २०८० शुक्रबार
काठमाडौं । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको आज २२ वर्ष पूरा भएको छ ।
वि।सं २०५८ साल जेठ १० गते राती राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीलगायत ११ जनाको नारायणहिटी राजदरबारमै हत्या भएको थियो ।
उक्त घटनाको यथार्थ भने अझै पनि रहस्यमय नै छ । घटनालगत्तै गठित छानविन समितिले युवराज दिपेन्द्रले राजारानीलगायतको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिए पनि सर्वसाधारण भने त्यसलाई स्वीकार्न तयार छैनन् ।
घटनामा राजा वीरेन्द्रका वंशसहित पूर्व अधिराजकुमार धिरेन्द्र, राजा वीरेन्द्रकी दिदि शान्ति, बैनी शारदा, कुमार खड्गविक्रम शाह, जयन्ती शाह र केतकी शाहको हत्या भएको थियो । नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय उक्त घटना रहस्यमै रहने प्रबल संभावना बढेको छ ।
२०६२र६३ को जनआन्दोलनमार्फत पुनस् स्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोस्यो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्र समाप्त भयो।
२०६५ जेठ २९ गते पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन पुगेपछि राजपरिवारको कार्यालय र निजी निवासको रूपमा रहेको नारायणहिटी सरकारले जिम्मा लिएको थियो। २०६५ फागुन १५ देखि सरकारले नारायणहिटी संग्रहालय सर्वसाधारणको लागि खुला गर्यो।
हत्याकाण्ड भएको त्रिभुवन सदनको बिलियार्ड बैठक हल लगायत अधिकांश संरचना निर्माण भएर सर्वसाधारणको लागि खुला गरिएको छ।