अरुण कुमार नेपाली ,७ मंसिर, दाङ ।
दाङका तीन वटै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले आफ्नो अग्रतालाई कायम राखेका छन् । प्रतिनिधिसभामा ३ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सत्तारुढ गठबन्धनका उम्मेदवारले मत गणना सुरु भए देखि नै अग्रता कायम राखेका हुन् । क्षेत्र नं. १ नेकपा एकिकृत समाजवादीका मेटमणी चौधरीले अग्रतालाई कायमै राखेका छन् । १६ हजार ७ सय ६९ मत गणना हुँदा चौधरीले ६ हजार २ सय ४४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्ता चौधरीले ४ हजार १ सय १४ मत प्राप्त गरेकी छिन् । यी दई उम्मेद्वार बीचको मतान्तर २१ सय ३० रहेको छ । त्यस्तै क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले आफ्नो अग्रतालाई निरन्तर अघि बढाईरहेकी छिन् । आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १ सय ७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका शंकर पोख्रेलले १२ हजार ४सय २३ मत पाएका छन् ।यी दुई बीचको मतान्तर १६ सय ८४ रहेको छ ।
क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेद्वार दीपक गिरीले ९ हजार ८ सय ३४ मतसहित अगाडी छन ।उनका निकटत्म प्रतिद्वन्दी नेकपा एमालेकी नेतृ कोमल वलीले ७ हजार ७ सय ३९ मत प्राप्त गरेकी छिन् । यी दुई उम्मेद्वार बीचको मतान्तर २ हजार ९५ रहेको छ ।