२०८१ असार २० बिहिबार
दाङ। दाङको देउखुरीमा प्रहरीले साल जातको ७ थान चिरान काठ बरामद गरेको छ । मंगलवार राती ११ बजे राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वन क्षेत्रबाट चिरान काठ प्रहरीले बरामद गरेको हो ।
काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरिक्षक अमरबहादुर माझीको कमाण्डमा खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा रहेको सालको चिरान काठ बरामद गरेको हो ।
बरामद गरिएको काठका विषयमा आवश्यक कारवाहीको लागी राप्ती सब डिभिजन वन कार्यालय मसुरिया पठाइएको प्रहरी निरिक्षक अमरबहादुर माझीले जानकारी दिनु भएको छ ।।