२ पौष २०७९,शनिबार
दाङको तुलसीपुरमा खाना पकाउने क्रममा आगोमा जलेर एक महिलाको ज्यान गएको छ ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुर बस्ने ५९ वर्षिय बसन्ती कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार बेलुका ७ बजेको समयमा खाना पकाउने क्रममा आगोमा जलेर गम्भीर घाईते भएकी कुमाललाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी बाँकेको कोहलपुर मेडिकल कलेजममा रिफर गरि उपचार गर्दै गर्दा शनिबार दिउँसो उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता नायव उपरीक्षक राजनकुमार गौतमले बताए ।