अरुण कुमार नेपाली
दाङ, ९ मंसिर २०७९,शुक्रबार
दाङका सबै सीट लोकतान्त्रिक—वाम गठबन्धनका उम्मेद्वारले जितेका छन् । जिल्लामा प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ६ निर्वाचन क्षेत्र रहेका छन् । यी सबै क्षेत्रमा गठबन्धनका उम्मेद्वारले सहजै जित निकालेका हुन् ।यस पटकको निर्वाचनमा भने एमालले सबै सीट गुमाएको छ । निर्वाचन मत परिणाम अनुसार क्षेत्र नं.१ बाट नेकपा एकिकृत समाजवादीका नेता एंव शहरी विकास मन्त्री मेटमणी चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्ता चौधरीलाई ५हजार ८४मतान्तरले हराउदै विजयी भएका हुन् । मन्त्री चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरे भने शान्ताले २१ हजार ४ सय ७९ मत प्राप्त गरीन् । त्यस्तै क्षेत्र नं.१ को प्रदेश सभा अन्तर्गतका २ वटै निर्वाचन क्षेत्रमा गठबन्धनकै उम्मेद्वार विजयी भएका छन् ।प्रदेश सभा १(२) मा नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्का विजयी भएका छन् ।उनले एमालेका उम्मेदवार कुल बहादुर केसीलाई ३ हजार ५२ मतान्तरले पराजित गरी विजयी भएका हुन । खड्काले खसेको मतबाट १६ हजार २ सय २२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी केसीले १३ हजार १सय ७० मत प्राप्त गरे ।प्रदेश सभा १(१) मा माओवादी केन्द्रका इन्द्रजित थारुले १३ हजार ४ सय ९९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्दी एमालेका गंगाराम भटराईलाई १हजार ७ सय ८० मत अन्तरले पराजित गरेका हुन । भट्राईले ११ हजार ७ सय १९ मत प्राप्त गरे ।
निकै चासोका साथ हेरिएको निर्वाचन क्षेत्र २ मा पनि सत्ता गठबन्धलने नै बाजी मारेको छ । नेकपा एमालेका शक्तिशाली महासचिव एंव लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री शंकर पोख्रेल र माओवादी केन्द्रकी रेखा शर्मा बीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको थियो । विभिन्न अड्कलबाजीका बीच गठबन्धनकी उम्मेद्वार शर्माले जित निकालेकी छन् । उनले पोख्रेललाई १ सय ९६ मत अन्तरले पराजित गरेकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरिन भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरे ।त्यस्तै क्षेत्र नं.२ बाट प्रदेश सभाका २ वटै सीटमा नेपाली कांग्रेसका उम्मेद्वार राजु खनाल र प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) विजयी भएका छन् । क्षेत्र नंं.२(१) बाट खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरी विजय भए । उनका निकतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार बलीभद्र राणाले १४ हजार ४ सय ४९ मत प्राप्त गरे ।यी दुई बीचको मत अन्तर १ हजार १ सय ६७ रहेको छ । क्षेत्र नं.२(२) बाट प्रचण्ड बिक्रम न्यौपानेले १७ हजार ८ सय २२ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका गिरीराज के.सी.ले १६ हजार ६ सय ९९ मत प्राप्त गरी पराजित भए । यी दुई उम्मेदवार बीचको मत अन्तर १ हजार १ सय २३ रहेको छ ।
त्यस्तै क्षेत्र नं. ३ मा सत्ता गठबन्धकै उम्मेदवार दीपक गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी नेतृ कोमल वलीलाई ७ हजार ३ सय १३ मत अन्तरले हराउदै विजयी भएका हुन । गिरीले ३५ हजार ५ सय ७९ मत प्राप्त गरे भने वलीले २८ हजार २ सय ६६ मत प्राप्त गरीन् ।प्रदेश सभा तर्फ गठबन्धनै उम्मेदवार नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरी र नेकपा माओवादी केन्द्रका धन बहादुर मास्की विजयी भएका छन् । चौधरीले क्षेत्र नं.३(१) मा नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेलाई ५ हजार ४ सय मत अन्तरले हराउदै विजयी भएका हुन् । चौधरीले १९ हजार ८ सय ५० मत प्राप्त गरे भने पाण्डेले १४ हजार ४ सय ५० मत प्राप्त गरे । त्यस्तै क्षेत्र न.३(२)मा माओवादीका उम्मेदवार धन बहादुर मास्के विजय भए ।उनले प्रतिस्पर्धी नेकपा एमालेका हुकुम बहादुर बस्नेतलाई २ हजार १ सय ६३ मत अन्तरले पराजित गरेका हुन । मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गरे भने बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गरे ।