१९ असार २०८०, मंगलवार
दाङ—दाङमा नदीमा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षीय सिताराम देवकोटा भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भिम वहादुर सुनारले जानकारी दिए ।
सोमबार राती बबई गाउँपालिका वडा नम्बर १ मलईबाट घर फर्कदै गरेका देवकोटा नदी तर्ने क्रमम बबई नदिमा डुबेका थिए । देवकोटाको शव मंगलबार दिउँसोमात्रै फेला परेको हो ।